के तपाईको टाउको धेरै नै दुख्छ ? यस्ता छन् निको पार्ने घरेलु उपाय
![](https://www.sajhapana.com/wp-content/uploads/2023/10/femeie-cap.jpg)
काठमाडौं – अधिकांश व्यक्ति टाउको दुख्ने गरेको समस्या सुनाउँछन् । टाउकोदुखाइले दैनिक काममै समस्या ल्याइदिन्छ । कसैलाई अन्य समस्याविना नै टाउको दुख्छ भने कसैलाई मानसिक समस्याले टाउको दुखाउँछ । कुनै टाउकोदुखाइ एक–दुई दिनमै निको हुन्छ भने कुनैलाई वर्षौं उपचार गर्नुपर्ने हुन्छ । कसैलाई सामान्य औषधिले सन्चो गराए पनि फेरि बल्झिन्छ ।
रिपोर्ट सबै समान्य छ, तर टाउको भने दुखिरहन्छ भने मानसिक समस्याले हुन सक्छ । तनाब र माइग्रेनका कारण पनि टाउको दुख्छ । वर्षौंदेखि टाउको दुखिरहेको, सबैतिर दुख्ने, टाउको भारी भएजस्तो हुने लक्षणहरू देखिन्छन् । टाउको गह्रौँ भएजस्तो या किरा हिँडेजस्तो पनि हुन्छ । चक्कर लाग्ने, मन्द–मन्द निरन्तर दुखिरहने समस्या पनि टेन्सन हेडेकमा हुन्छ । यो समस्या सामान्य औषधि खाएर पनि निको हुन्छ । कुनै तनाब, निद्रामा गडबढीलगायत कारण यो समस्या हुन्छ ।
टाउको दुख्दा बल्किने, दुखेपछि चार घण्टादेखि दुई दिनसम्म दुखिरहने, उल्टी आउलाजस्तो हुने र आइहाल्ने पनि हुन्छ । यो समस्यामा कडा औषधि खानुपर्ने, इन्जेक्सन लगाउनुपर्ने हुन्छ । कसैलाई सुत्नैपर्ने हुन सक्छ । माइग्रेनका कारण टाउको दुख्नेहरूलाई घामले र आवाजले पनि फरक पार्न सक्छ । कसैलाई त हिँडडुल गर्दा पनि टाउकोदुखाइ बढ्ने भएकाले घरभित्रै आराम गर्नुपर्ने हुन्छ । कसैको एकपाटो मात्रै टाउको दुख्ने पनि हुन्छ, तर सधैँ एकपाटो मात्र दुख्ने भन्नेचाहिँ नहुन सक्छ ।
यस्ता छन् टाउको दुखाईबाट छुटकारा पाउने घरेलु उपचार
पुदिनाः माइग्रेनको उपचारमा पुदिना निकै महत्वपूर्ण मानिन्छ । यदि तपाईंलाई लगातार टाउको दुखिरहन्छ भने तपाईंले पुदिनलाई चियामा मिसाएर पिउन सक्नुहुन्छ । यसले तपाईंलाई तुरुन्त राहत प्रदान गर्छ ।
नुनको पेष्टः टाउको दुखाईका लागि ल्वाङ र नुनको पेष्ट एक प्रभावकारी उपचार पद्धती मानिन्छ । ल्वाङको पाउडर र नुनलाई दुधमा मिसाएर पिउनुहोस् । नुनमा हाइग्रस्कापिक गुण पाइन्छ जसले टाउको दुखाईबाट आराम मिल्दछ ।
दालचिनी पाउडर पेष्टः टाउको दुखाईबाट आराम पाउनका लागि दालचिनी पाउडर पेष्ट एउटा राम्रो तरिका हो । उपयोगका लागि दालचिनी पिसेर पाउडर बनाउनुहोस् र यसलाई पानी हालेर बाक्लो पेष्ट बनाउनुहोस् । अब यो पेष्टलाई टाउकोमा लगाउनुहोस् । यसले तपाईंको दुखेर भारी भएको टाउको छिट्टै हल्का हुन्छ ।
कागती र तातो पानीः लगातार टाउको दुखिरहन्छ भने एक ग्लास तातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस् । किनभने धेरैपटक पेटमा ग्याँस बनेका कारण पनि टाउको दुख्ने गर्दछ र कागती पानीले ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ ।
लसुनको रस पिउनुहोस : लसुनको रस पिउँदा लगातार दुख्ने तपाईंको टाउकोले राहत महसुस गर्दछ । यसलाई तयार गर्नका लागि लसुनका केही टुक्रा लिनुहोस् र यसलाई निचोरेर रस निकाल्नुहोस् र कम्तीमा पनि एक चम्चा रस पिउनुहोस् । वास्तवमा लसुन एक पेनकिलर पनि हो, यसले टाउको दुख्न कम गराउँछ ।
धनियाँ, जीरा र अदुवाको रस पिउनुहोसः धनियाँको पात, जीरा र अदुवा राखेर बनाएको चिया पिउनाले पनि लगातार दुखिरहने तपाईंको टाउको कम हुने गर्दछ । यसलाई बनाउनका लागि थोरै तातो पानी लिनुहोस् र यसमा धनियाँ, जिरा र अदुवा यी तीनथरी हालेर पाँच मिनेटसम्म उमाल्नुहोस् । राम्रो परिणामका लागि यसलाई कम्तीमा पनि दिनको दुई पटक पिउनुहोस् ।
क्याटेगोरी : bannernews, समाचार, स्वास्थ्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्