स्थानीय तहका कर्मचारीको माग अविलम्व पूरा गरियोस् : सूर्य थापा

काठमाडौं । नेकपा एमाले का सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरुको माग अविलम्ब पुरा गर्न सरकारसँग माग गर्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद थापाले स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण स्थानीय तह ठप्प भएको बताउनुभएको हो । उहाँले कर्मचारीहरुको जायज मागहरुलाई सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद थापाले इजरायलमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि सरकार समयमै गम्भिर हुन नसकेको बताउनुभयो । उहाँले इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडी बढ्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद थापाले नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरको भ्रमणको सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सूर्य थापा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्