योगराज ढकाल ‘रिगल’ विरुद्धको मुद्दामा आज सुनुवाई हुन सकेन

काठमाडौं । योगराज ढकाल ‘रिगल’लाई आममाफी दिने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज बिहिबार सुनुवाई हुन सकेन ।
प्रधानन्याायधीश विश्वम्भर श्रेष्ठ नेतृत्वको संयुक्त इजलाशमा आज पेशी तोकिएकोमा इजलाशमा रहेका न्यायाधीश आनन्दमोहन भट्टराइले आफूले यस अघि पनि यस्तै प्रकृतिको मुद्धामा फैसला गरिसकेकाले सोही प्रकृतिको मुद्धाको सुनुवाई गर्न नमिल्ने भने पछि सुनुवाई हुन नसकेको हो । त्यसपछि मुद्धाको अर्को पेशी कात्तिक १४ गतेका लागि तोकिएको छ । इजलाशमा प्रधानन्यायाधीश श्रेष्ठ तथा न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मी रहेका थिए ।
न्यायाधीश भट्टराइले ४० प्रतिशत कैद भुक्तान गरेर माफी मिनाहा भएको मुद्धामा आफूले पहिल्यै फैसला गरिसकेको भनेपछि सुनुवाइ नगरी अर्को पेशी तोकिएको हो । खुँडा प्रहार गरी नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा जन्मकैद भुक्तान गरिरहेका रिगलले संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका थिए ।
रिगलले आममाफी पाएकोमा असन्तुष्टि व्यक्त गर्दै चेतनकी श्रीमति भारती मानन्धरले रिगल बिरुद्ध सर्वोच्चमा रिट निवेदन दिनु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #योगराज ढकाल ‘रिगल’, #रिगल, #सर्वोच्च अदालत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्