नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौँ दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा कायम भएको छ ।
विभिन्न दुई सय ८६ कम्पनीका ३७ लाख ३३ हजार पाँच सय २४ कित्ता शेयर ५५ हजार एक सय ९७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ८५ लाख ४७ हजार नौ सय ८० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १३, निर्जीवन बीमा समूह शून्य दशमलव ०६ र व्यापार समूह शून्य दशमलव १३ प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै एक दशमलव ८० र म्युचुअल फन्ड एक दशमलव ०७ प्रतिशतले बढेको छ ।
एक सय ३७ कम्पनीको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै सिटी होटल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य चार दशमलव २१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै मान्डु हाइड्रोपावर लिमिटेडको रू चार करोड ८० लाख ९० हजार आठ सय १६ बराबरको किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको एक लाख ६६ हजार सात सय २९ कित्ता शेयर किनबेच भएको छ । रासस
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : ##नेप्से परिसूचक, #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्