इजरायलमा भएको अकल्पनीय घटनामा सिंगो देश एक ठाउँमा उभियो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा भएको अकल्पनीय घटनामा सिंगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको बताएका छन् ।
विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले इजरायलमा भएको अकल्पनीय घटनामा संगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको भन्दै सरकारको तर्फबाट सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले स्वस्थ नागरिक देशको सर्वाङ्गीण विकासको आधार भएकाले गुणस्तरीय र सर्वसुलभ मानसिक स्वास्थ्य सेवामा सबै नागरिकका समान पहुँच पुर्याउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
सबै नागरिकको मानसिक स्वास्थ्यका लागि मानसिक स्वास्थ्य सेवालाई विस्तार गर्न प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान पहलकदमी अगाडि बढाइएको प्रधानमन्त्रीले जानकारी दिए ।
उनले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलहरूमा मानसिक स्वास्थ्य प्रवद्र्वन गर्ने वातावरण बनाउनु आवश्यक रहेको बताए ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशहरूसँग समन्वय गर्न आवश्यक रहेको जिकिर गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्