Techie IT
आईतबार, वैशाख ७,२०८२

त्रिभुवन विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ


काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमवार काठमाण्डौ आएका धामीले टिभीको भित्रपट्टी लुकाइछिपाइ ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । त्यस विषयमा आवश्यक अनुसन्धान शुरु भएको डा पाण्डेले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #त्रिभुवन विमानस्थल, #पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545