Techie IT
सोमबार, वैशाख ८,२०८२

ट्रक दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते


रसुवा । आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत–२ नेशिङ खोलामा सोमबार साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो ।

नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । पाँच जना घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पठाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ट्रक दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545