Techie IT
बुधबार, माघ २३,२०८१

जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास शुरु


काठमाडौं । जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास शुरु भएको छ ।

सोमवार बिहान पारिवारिक इजलासको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरू पूरा गरेकोमा खुशी लागेको बताए ।

उनले पारिवारिक इजलासले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसा सम्बन्धी र बालबालिकाका हित, सरोकार र हेरचाह सम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरूपण गर्न सहज हुने विश्वास व्यक्त गरे ।

उनले पारिवारिक इजलासले महिला र बालबालिकावादी मुद्दाको छिनोफानो चाँडो टुंग्याउने भन्दै आगामी दिनमा अन्य ठाउँमा पनि यस किसिमका इजलास बिस्तार गर्ने बताए । उनले पारिवारिक इजलासमा बस्ने न्यायाधीशहरुले पनि इजलासको उद्देश्यलाई बुझेर न्याय निरूपण गर्न आग्रह गरे ।

प्रधानन्यायाधीश श्रेष्ठले मुद्दाको चापलाई हेरेर आगामी दिनमा माना चामल मुद्दा, सम्बन्ध विच्छेद लगायतका मुद्दा पनि पारिवारिक इजलासबाट निरूपण गर्ने बताए ।

 


क्याटेगोरी : भिडियो, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:48 pm +0545