Techie IT
बुधबार, माघ २,२०८१

इजरायलका नेपालीबारे आवश्यक निर्णय गर्न प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् र सर्वदलिय बैठक आह्वान


काठमाडौं । इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन सोमबार दिउँसो मन्त्रिपरिषद् र सर्वदलिय बैठक बस्दै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

मन्त्रिपरिद् बैठक लगत्तै साँझ ५ बजे प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको छ ।

बैठकले इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउनेबारे आवश्यक निर्णय गर्ने जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:32 pm +0545