Techie IT
शुक्रबार, चैत्र २८,२०८१

इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारलाई नेपाली कांग्रेस आग्रह


काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ ।

सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति निकालेर इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।

इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा र तत्काल सुरक्षित स्थानमा पुर्‍याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउन नेपाल सरकारले अविलम्ब कुटनीतिक पहल गर्न कांग्रेस माग गर्दछ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कांग्रेसले इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आइओएम), अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्वद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रह समेत गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:41 am6:27 pm +0545