Techie IT
आईतबार, वैशाख ७,२०८२

अफगानिस्तान भूकम्प : १२० जनाको मृत्यु


काठमाडौँ। अफगानिस्तानको पश्चिमी क्षेत्रमा हिजो गएको शक्तिशाली भूकम्पमा परी सयौं मानिस मारिएको आशंका छ भने १ हजार जनाभन्दा बढी घाइते भएका छन् ।

हालसम्म १ सय २० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । तीन सय जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको बताइए पनि पुष्टि हुनभने बाँकी छ ।

६ दशमलब ३ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएका तीन वटा शक्तिशाली परकम्पका कारण कयौं घरहरु क्षतिग्रस्त भएका छन् । भत्किएका घरका भग्नावशेषभित्र धेरै मानिस च्यापिएको आशंका छ ।

अफगानिस्तानको पश्चिमी शहर हेरातबाट ४० किलोमिटरको दूरीमा रहेको इरानको सीमा क्षेत्र नजिकको क्षेत्र भूकम्पबाट बढी प्रभावित छ ।

आफ्नै आँखा अगाडि आफू बसिरहेको घर तीव्र गतिमा हल्लिएको र हेर्दा हेर्दै भत्किएको भन्दै भूकम्प अत्यन्त त्रासदीपूर्ण र भयानक भएको सो क्षेत्रका स्थानीयले आफ्नो अनुभव बताएका छन् । हेरातको केन्द्रीय अस्पतालमा घाइते भएकाहरुको ठूलो चाप छ ।

अफगानिस्तानमा प्राकृतिक विनासको ह्दयविदारक दृश्य देखिएको छ । भत्किएका भवनका कारण सडक अवरुद्ध हुँदा उद्दारमा समेत कठिनाई भइरहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #भूकम्प


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545