Techie IT
आईतबार, वैशाख ७,२०८२

जनकपुर बिग मार्टमा आगलागी, करोडौंको क्षति


काठमाडौं । जनकपुर उपमहानगरपालिका रामानन्द चोकमा रहेको बिग मार्टमा आगलागी भएको छ ।

शनिबार मध्यराति अकस्मात् लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आगलागीबाट करोडौंको क्षति भएको छ ।

आगो निभाउन ५ वटा बारुण यन्त्र, प्रहरी र स्थानीय खटेको प्रहरीले जनाएको छ । आगो करिब ९५ प्रतिशत नियन्त्रणमा आइसकेको तर, पूर्णरुपमा नियन्त्रणमा लिने प्रयास जारी रहेको बताइएको छ ।

आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ, भने घरमा पनि क्षति पुगेको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आगलागी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545