Techie IT
आईतबार, वैशाख ७,२०८२

युरोप भ्रमण पछि कर्मभूमि मध्यपूर्व आइपुगेका आरके शर्मालाई दुबईमा भव्य स्वागत 


युएई(दुबई) । युरोपको भ्रमणपछि आफ्नो कर्मभूमि मध्यपूर्व आइपुगेका गैरआवासीय नेपाली संघ(एनआरएनए) अध्यक्ष प्रत्याशी राजेन्द्रकुमार(आरके) शर्मालाई दुबईमा भव्य स्वागत भएको छ ।
गत हप्ता बुधवार आफ्नो कर्मभूमि कतारको दोहामा अध्यक्षको उम्मेदवारी दिएपछि शर्मा साउदी अरब हुँदै बहराइन पुगेर युरोप भ्रमणमा निस्केका थिए । युरोपको करिब एक साता लामो भ्रमण सकेर शर्मा शनिवार बिहान दुबई आइपुगेका हुन् ।

दुबईमा शर्मालाई गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष विकास शाही,निवर्तमान अध्यक्ष तथा आइसीसी कोषाध्यक्षका प्रत्याशी ठाकुर ढुंगाना लगायतका अभियन्ताहरूले स्वागत गरेका हुन् ।
अध्यक्षको उम्मेदवारीका आफ्नो समर्थन जुटाउन तथा विश्वका गैरआवासीय नेपाली अभियन्तासँग छलफल र सुझावको लागि शर्माले ४० वटा देशको भ्रमण गरेका छन् । असोजको ३० देखि कात्तिक २ सम्म एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा हुँदै छ । काठमाडौंमा आउनु अगाडि शर्माले आफ्नो कर्मभूमि मध्यपूर्वका अभियन्तासँग छलफल गर्नेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गैरआवासीय नेपाली संघ, #राजेन्द्रकुमार(आरके) शर्माले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545