Techie IT
शुक्रबार, वैशाख ५,२०८२

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा


काठमाडौं, १८ असोज । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको बढुवा भएको छ ।

नेपाल प्रहरीका जवानसमेत रहेका ऐरीको बढुवा भएर सहायक हवल्दार बनेका हुन् ।

१९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई नेपाल प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी ९पीसीसी० ले बिहीबार एक तह बढुवा गर्दै सहायक हवल्दार बनाएको हो।

चीनको हाङ्जाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा ९ बलमै अर्धशतक पूरा गरी उनले विश्व कीर्तिमान बनाएका छन्।

दीपेन्द्र सन् २०१६ देखि नेपाल प्रहरीमा आवद्ध छन् । उनी नेपाल पुलिस क्लबका कप्तान समेत हुन्।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #दीपेन्द्रसिंह ऐरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545