सुन तस्करी प्रकरण: जाँचबुझ आयोगले सुन तस्करीको छानबिन सुरु गर्यो

काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम सुरु गरेको छ ।
बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १६ गतेदेखि औपचारिक रुपमा काम सुरु गरेको बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले काम सुरु गरेको बताउनुभयो । उहाँले कार्यादेश अनुसारको कार्य सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष आचार्यले सुन तस्करी सम्बन्धि अहिलेसम्म भएको अध्ययन र विचारधिन मुद्दा तथा सिआईबीले अनुसन्धान गर्दै रहेका विषयमा पनि कही कमजोरी खोज भन्ने कार्यदेश रहेको बताउनुभयो । उहाँले पहिला जाँचबुझका सम्बन्धमा सहभागी देखिएका व्यक्तिलाई बोलाउने र नआए पक्राउ गर्ने अधिकार पनि आयोगलाई रहेको बताउनुभयो । अध्यक्ष आचार्यले अदालतलाई भए सरहको अधिकार आयोगले पाउने बताउनुभयो ।
आयोगले बिहीबार एक पत्रकार सम्मेलन गरी इलेक्ट्रोनिक सिगरेट ९भेप० र साउन २ गते ब्रेक सुबाट गरिएको सुन तस्करी लगायतका अन्य तस्करीजन्य विषयमा तथ्यगत जानकारी र सुझाबका लागि सञ्चारमाध्यमबाट सूचना प्रकाशन गर्ने जानकारी दिएको छ । त्यसैगरी सुन तस्करीको पूर्ण नियन्त्रण गर्न विद्यामान कानूनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधार, यसअघिका तस्करीको छानबिन तथा अध्ययन र निष्कर्ष तथा प्रभाव, तस्करीमा संलग्न व्यक्तिहरूको संलग्नता र थप अनुसन्धानलगायतमा विषयमा पनि अध्ययन गर्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुन तस्करी प्रकरण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्