Techie IT
सोमबार, वैशाख ८,२०८२

प्रदेश समिति निमार्णमा तिमिल्सिना समाज , हेर्नुहोस कुन प्रदेशमा कहिले ?


पुकार तिमलसिना

काठमाडौ । बिश्वभर रहेका तिमिल्सिनाहरुको संगन तिमिल्सिना समाजले तिब्र रुपमा अगाडी बढेको छ । जेठ महिना सम्म सम्पूर्ण प्रदेश कमिटि बिस्तार गर्ने समाजको मिति २०७६ बैशाख ८ गतेको निर्णय अनुसार हाल सम्म प्रदेश १ र २ मा सम्मपन्न भइसकेको महासचिब होम प्रसाद तिमिल्सिनाले बताए ।

जेठ १० र ११ गते समपन्न भएको सो प्रदेश भेलामा केन्द्रबाट अध्यक्ष नवराज तिमिल्सिना , महासचिव होम प्रसाद तिमिल्सिना , सचिव टपेन्द्र तिमिल्सिना लगायतका उपस्थिती रहेको थियो ।
प्रदेश नं १ मा हरि प्रसाद तिमिल्सिना र प्रदेश नं २ मा शिव प्रसाद तिमिल्सिनाको अध्यक्षतामा समिति निर्माण भएको छ ।

यसै बिच समाजको ३ नं प्रदेशको भेला यही जेठ १८ गते काभ्रेको बनेपामा हुदै छ भने प्रदेश नं ५ को प्रदेश भेला जेठ २६ गते बुटवलमा , प्रदेश नं ६ को जेठ २७ गते सुर्खेतमा र प्रदेश नं ७ को जेठ २९ गते अछामको मंगलसेनमा हुने महासचिब होम प्रसाद तिमिल्सिनाले बताए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545