बाजुरामा भूकम्पका कारण १० घर र एक विद्यालयमा पूर्ण क्षति

बाजुरा । बाजुरामा भूकम्पको प्रारम्भिक विवरण अनुसार १० घरमा पूर्ण क्षति भएको छ ।
खप्तड छेडेदह गाउँपालिका-३ टुनिसैनका ५ घर भत्किएका छन् भने बडिमालिका नगरपालिका ९ मा ३ घर वडा नम्बर ५ मा एक घर र त्रिवेणि नगरपालिकामा १ घरमा पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै बुढिगंगा नगरपालिकाको महेन्द्र आधारभूत विद्यालयको भवन पनि पूर्ण रुपमा क्षति भएको विवरण आएको छ।
दिउँसोको समय भएकाले जिल्लामा मानवीय क्षति भने भएको विवरण आएको छैन। यस्तै बाजुराका विभिन्न गाँउमा भूकम्पका कारण अधिकांश स्थानीयका घरहरू सयौँको सङ्ख्यामा चर्किएको खबर आइरहेका छन् । यता जिल्ला प्रहरी कार्यालय बाजुराले धेरै ठाउँमा क्षति भएको खबर आएको भएपनि अहिले नै पूरा विवरण नआएकाले आधिकारिक जानकारी गराउन नमिल्ने जनाएको छ ।
यता जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार क्षति भएका ठाँउहरुमा तत्काल उद्धार टोली पठाउने तयारी भइरहेको छ । सबै ठाउँमा सुरक्षाकर्मी परिचालन गरिसकेको पनि प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनु भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भूकम्प
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्