Techie IT
शुक्रबार, वैशाख ५,२०८२

एमसीसीकी सीईओ अल्ब्राइट र अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौं, असोज १६ । एमसीसी परियोजनाकी ग्लोबल सीईओ एलिस अल्ब्राइट र (नेकपा)  का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ । ओली र अल्ब्राइटबीच एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा सोमबार भेटवार्ता भएको हो।

दुई जनाको भेटवार्तामा एमसीसी कार्यान्वयनबारे छलफल भएको बताइएको छ। भेटमा एमाले अध्यक्ष ओलीले परियोजना सहमतिअनुसार नै अगाडि बढाउनुपर्ने र निर्धारित समयमा नै एमसिसी परियोजना सक्नुपर्ने भनाइ राखेका छन् ।

जवाफमा अल्ब्राइटले एमसिसी कार्यान्वयनको तहमा पुगेको भन्दै निर्धारित समयमा नै एमसिसी परियोजना सक्ने लक्ष्य रहेको प्रतिबद्धता व्यक्त गरेकी छन् । अल्ब्राइट अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार काठमाडौं आएकी हुन् । उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545