गोरखामा वाइसीएलको दवावपछि सार्वजनिक यातायातको भाडादर समायोजन(हेर्नुहोस नयाँ भाडादर)

गोरखा, १५ असोज । योङ कम्युनिष्ट लिग ९वाइसीएल० ले पाँचदिन भित्र जिल्लाका सवारी साधानहरुमा भाडा समायोजन गर्न चेतावनी दिएपछि गोरखामा नयाँ भाडादर समायोजन हुने भएको छ । कच्ची सडक कालोपत्रे भइसक्दा पनि कच्चीकै भाडादर कायम रहेको भन्दै तत्काल नयाँ भाडादर कायम गर्न माग गर्दै असोज ८ गते जिल्ला प्रसासन कार्यालयलाई ज्ञापन पत्र बुझाएपछि सोमवार बसेको जिल्ला स्तरीय यातायात व्यवस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको हो ।
जस अनुसार अव गोरखा जिल्ला भित्र पक्की सडकमा प्रतिकिलोमिटर ५ रुपैया ३४ पैसा, ग्राभेल सडकमा प्रतिकिलोमिटर ७ रुपैया ८५ पैसा र कच्ची सडकमा प्रतिकिलोमिटर ९ रुपैया ४४ पैसा दर भाडा कायम हुने भएको छ ।
नयाँ भाडा दर निर्धारण भएसंगै वाइसीएल गोरखाका संयोजक सागर श्रेष्ठले संगठनले उठाएका एजेण्डा आमगोरखाबासीहरुको एजेण्डा भएकाले जनपक्षिय माग पुरा गरेको भन्दै प्रसासन, यातायात व्यवसायी लगायतका सराकोरवालाहरुलाई धन्यवाद दिनुभएको छ ।
उहाँले नयाँ निर्धारण गरिएको भाडादर निसर्त लागू गर्न गर्न र कार्यान्वयनका लागि सम्बधित सरोकारवालाहरुलाई समेत आग्रह गर्नुभयो । संंयोजक श्रेष्ठले जनहितका एजेन्डालाई वाइसीएलले निरन्तर उठाउदै जाने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को भातृ सगठन योङ्ग कम्युनिष्ट लिग ९वाइसीएल० गोरखाले जिल्ला भित्रका कालोपत्रे सडकमा समेत कच्चीको भाडादर कायम रहेपछि भाडादर समायोजन गर्न ५ दिने अल्टिमेटम दिएको थियो । आमसर्वसाधारणको दैनिक जिवनमा उपयोग हुने यातयात क्षेत्रको विकृति नियन्त्रण गर्न र भाडा दरको बैज्ञानिक समायोजन गर्न वाइसीएलले माग गरेपछि सोमवार बैठक बसेर नयाँ भाडा तोकिएको हो ।
गोरखाको पालुङटार नगरपालिका र सिरानचोक गाउपालिका क्षेत्र भित्रका मध्यपहाडी लोकमार्ग र अन्य सडकखण्ड, त्यस्तै गोरखा घ्याम्पेसाल आरुघाट सडक खण्ड लगायतका सडकहरुमा कालोपत्रे भइसकेको लामो समय हुँदा समेत सार्वजनिक भाडादर भने कच्चिकै कायम रहेको थियो ।
सार्वजनिक यातायातले मनोमानी रुपमा पक्की सडकमा समेत कच्चीको भाडादर उठाउदा समेत राज्य र प्रशासन मौन बसेको भन्दै वाइसीएलले तत्काल आवस्यक पहल गरि नयाँ भाडादर तोक्न अल्टिमेटम दिएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्