जलहरी घोटाला प्रकरण: तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बहुचर्चित जलहारी घोटाला काण्डमा पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा.प्रदीप ढकालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा चलाएको हो । ढकालसहित कोषका तत्कालीन कोषाध्यक्ष डा।मिलनकुमार थापा र विशेट नाइके ९स्टोरकिपर० अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
उनीहरुले आपसी मिलेमत्तोमा जलहरी निर्माणका क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको अख्तियारको दाबी छ । अख्तियारले दायर गरेको आरोपपत्रमा उनीहरुसँग एक करोड १७ लाख १ हजार ७८१ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पशुपति मन्दिरको गजुरमा सुनको जलहारी बनाइएको थियो । जलहारीमा १०७.९२४ ग्राम सुन प्रयोग गर्ने भनिए पनि ९६ किलो ८०० ग्राम मात्र प्रयोग भएको महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेपछि यो काण्ड चर्चामा आएको थियो ।सुन हिनामिना भएको भन्दै संसदमा समेत कुरा उठेपछि अख्तियारले जलहारी उप्काएर त्यसमा रहेको सुन तौल गर्दा भ्रष्टाचार पुष्टि भएको थियो ।ज्ञद्धद्ध
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अख्तियार दुरुपयोग अनुसन्धान आयोग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्