खानीखोला प्रहरीद्वारा अवैध रुपमा उम्रीएको पाँच हजार वटा गाँजाको बोटबिरुवा फडानी

धादिङ । धादिङ प्रहरीले गाँजा फडानी अभियानलाइ तीब्र पारेको छ । ईलाका प्रहरी कार्यालय खानीखोलाले (शनिबार) बिहान अवैध रुपमा उम्रीएको गाँजाको बोटबिरुवा फडानी गरेको छ ।
प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाहको कमान्डमा खटिएको टोलीले धादिङ थाक्रे गाउँपालिका वडा नंम्बर ५ पोखरेचौर स्थितमा १०० रोपनी जग्गामा आफै उम्रीएका अन्दाजी पाँच हजार वटा अवैध गाँजाको बोट, बिरुवाहरु फडानी गरी नष्ट गरीएको हो ।
प्रहरी निरीक्षक शाहका अनुसार गस्ती गर्दै जाने क्रममा आफू सहित, हाप्सेचौर प्रहरी पोस्टबाट समेत ९ जनाको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा गाँजा देखिएको र चार घण्टा लगाएर नष्ट गरिएको बताए । बिहान साँढे सात बजे गएको टोली साँढे तीन बजे कार्यालय फर्किएका छन् ।
लागूपदार्थ उत्पादन, बेचबिखन र ओसारपसारले समाजलाइ नकरात्मक दिशातर्फ लैजाने र यस्को सेवन गर्नु, गराउनु दुवै दण्डनीय रहेकोले कहि कतै यस्तो गतिविधी भएको पाइए तत्कालै नजीकैको प्रहरी कार्यालयलाइ सुचना दिएर सहयोग गर्न समेत धादिङ प्रहरीले सबैमा अपिल गर्दै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्