Techie IT
आईतबार, वैशाख ७,२०८२

एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित


काठमाडौं, १२ असोज । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् ।

रामेछापका ढुंगेलले आफ्ना प्रतिस्पर्धी मकवानपुरका कृष्ण प्रसाद दाहाललाई पराजित गरी अध्यक्ष निर्वाचित भएका हुन् ।

निर्वाचित ढुंगेलले ६९६ मत प्राप्त गर्दा दाहालले ४३९ मात्रै मत प्राप्त गरे ।

आज शुक्रबार राती अबेर सप्पन्न मत परिणाम अनुसार उपाध्यक्षमा दावादोर्जे शेर्पा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् ।

महिला उपसचिवमा भक्तकुमारी महर्जन निर्वाचित भएकी छिन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कैलाश ढुंगेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545