Techie IT
आईतबार, वैशाख ७,२०८२

कोशीमा केपी ओलीको निर्देशन : सहमतिबाटै नेतृत्व चयन गर्नू


विराटनगर, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कोशी प्रदेशको नेतृत्व सकेसम्म सहमतिबाटै चयन गर्न निर्देशन दिएका छन् ।

आज, शुक्रबार विराटनगरमा नेकपा एमाले प्रथम कोशी प्रदेश अधिवेशनको उद्घाटन गर्दै उउनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका हुन् ।

समृद्ध नेपाल निर्माण गर्ने बाटोमा हिडिँरहेको एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गर्ने कार्य भइरहेको र अहिलेको आवश्वयकता नै एकता भएको उनको भनाइ छ ।

उनले नेतृत्वको मूल्याकंन के छ त्यसको इसारा बुझेर नेतृत्व छान्न कार्यकर्तालाई सुझाव दिएका छन् । समहति नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न पनि ओलीको सुझाव छ ।

अहिले एमालेविरुद्ध मिडियाहरु योजनाबद्ध ढंगले लागेको भन्दै उनले भने, ‘अहिले हामीलाई अहिले केही गर्दा पनि धर छैन्, चुनाव भए एमालेमा केपी ओलीको कुरा सुन्न छाडे भनेर समाचारहरु आउँछ । चुनाव भएन भने एमालेमा निरङ्कुश भयो भन्छन् ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545