Techie IT
शनिबार, वैशाख ६,२०८२

अर्को सरकार गठनका लागि तत्काल उपयुक्त विकल्प देखिँदैन : अध्यक्ष ओली


विराटनगर/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारलाई हटाएर अर्को सरकार बनाउने उपयुक्त विकल्प समेत आफूले नदेखेको बताउनुभएको छ ।

तर उहाँले मुलुकको अहिलेको अवस्थाप्रति नेपाली काँग्रेस गम्भीर नभएको आरोप लगाउनुभयो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले देश र जनताप्रति सोच्ने फुर्सद समेत काँग्रेसलाई नभएको बताउनुभयो । अध्यक्ष ओलीले काँग्रेसलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

गठबन्धन सरकारले राम्रो कामगर्न नसकेको आरोप लगाउँदै अध्यक्ष ओलीले यो सरकारले नेपाली जनता र राष्ट्रलाई केही दिन नसकेको बताउनुभयो ।

अध्यक्ष ओलीले कोशी प्रदेश सरकार गठनका विषयमा मुलुकमा राजनीतिक स्थायित्वका लागि मध्यावधिमा जानु उपयुक्त नहुने बताउनुभयो ।

उहाँले कोशी प्रदेशलाई मध्यावधितर्फ धकेल्नु बुद्धिमत्ता होइन भन्नुहुँदै यदाकदा कोशी प्रदेश मध्यावधिमा गइहाले पनि आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभयो । एक प्रश्नमा उहाँले अहिले भइरहेको नेकपा एमालेको प्रदेश अधिवेशनमा आफूले कुनै हस्तक्षेप नगरेको बताउनुभयो । सहमति नभए निर्वाचनको माध्यमबाट प्रदेश अधिवेशनमा नेतृत्व चयन भइरहेकाले आफू माथि गलत प्रचार भइरहेको उहाँको भनाई थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545