Techie IT
शनिबार, वैशाख ६,२०८२

सप्तरीमा आगलागी हुँदा ४ वटा घर जले


सप्तरी । सप्तरी जिल्लाको राम बस्तीमा आगलागी हुँदा ४ वटा घर जलेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ५ योगिनियां स्थित भगवती मन्दिर नजिकै रहेको बस्तीमा आगलागी हुँदा करिब ७ लाख बराबरको धन क्षति भएको हो ।

बिहीबार राति स्थानीय रोहित रामको घरमा आगलागी हुँदा जस्ताले बनाएको ४ वटा घर , २ वटा गाई, खाद्यान्न सामग्री, लताकड़ा, भाडाकुडा, फर्निचरको सामानहरू जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक शत्रुधन राउतले जानकारी दिनुभयो ।

गाईको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्केर आगलागी भएको राउतले जानकारी दिनुभयो ।

आगलागी स्थानीयवासी, हनुमानगर कंकालिनी नगरपालिकाको दमकल र ईप्रका हनुमाननगरका प्रहरी टोलीको संयुक्त प्रयासमा निभाउन सफल भएको राउतले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #आगलागी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545