मधेशमा एमाले नेतृत्वको सरकार बन्नुपर्छ : एमाले सचिव भट्टराई

काठमाडौं । नेकपा (एमाले) का सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार एमाले मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले मधेशमा सुशासन कायम गर्न र आर्थिक, सामाजिक समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभएको हो । उहाँले अघिल्लो पाँच वर्षको कार्यकाल र अहिलेको एक वर्षे कार्यकाल हेर्दा मधेस प्रदेशमा एमालेको बहुमतसहितको मुख्यमन्त्री हुनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।
सचिव भट्टराईले मधेशी समुदायको स्वाभिमानलाई माथि उठाउन पनि मधेश सरकारको नेतृत्व एमालेले गर्नुपर्ने बताउनुभयो । उहाँले २०८४ सालमा मधेस सरकार एमाले नेतृत्वमा बनाउने गरी अघि बढ्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
एमाले मधेश प्रदेशको अधिवेशन जनकपुरधाममा असोज २४ र २५ गते हुने भएको छ । बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै मधेश प्रदेशको पहिलो अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #योगेश भट्टराई
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्