सार्वजनिक सूचनामा जनताको सहज पहुँच आवश्यक : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोकतन्त्रलाई बलियो बनाउन सार्वजनिक सूचनामा जनताको सहज पहुँच आवश्यक पर्ने बताउनुभएको छ ।
राष्ट्रिय सूचना आयोगद्वारा सूचनामा विश्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज काठमाडौँमा आयोजित ‘अनलाइन स्पेस र सूचनाको हक स् अवसर र चुनौती’ विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री शर्माले जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउन सूचनाको हकलाई जनस्तर सम्म पुर्याउन आवश्यक रहेको बताउनुभयो ।
मन्त्री शर्माले सरकार सुशासन र सामाजिक न्यायको पक्षमा रहेको भन्नुहुँदै सूचनाको हकको पूर्ण कार्यान्वयनका लागि सरकार दृढ रहेको बताउनुभयो ।
मन्त्री शर्माले अनलाइनबाट सार्वजनिक सूचना उपलब्ध गराउन अनलाइन स्पेसको विकास गर्दै सूचनाको सुरक्षित भण्डारण र वितरण प्रणालीलाई मजबुत बनाउनुपर्ने बताउनुभयो।
उहाँले सूचनाको हकले पारदर्शिता कायम गर्न मद्दत पुग्ने भन्दै सूचना लुकाउने कार्यलाई निरुत्साहित गर्न सूचना लुकाउनेलाई कारबाही गर्ने गरि कानूनी दायरा बढाउनुपर्ने बताउनुभयो ।
मन्त्री शर्माले नागरिक सचेत हुँदा सार्वजनिक निकायलाई जबाफदेही र पारदर्शी बनाउन सकिने भन्नुहुँदै सूचनाको हकलाई अभियानका रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकलाई समावेशी बनाउनु आजको आवश्यकता भएको भन्दै यसका लागि महिला, युवा,अल्पसङ्ख्यक लगायतलाई सूचनाको हकबारे सचेतनामुलक कार्यक्रममा सहभागी गराउनुपर्ने बताउनुभयो ।
गोष्ठीमा डिजिटल राइटस् नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि छलफल भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #सञ्चार तथा सूचना प्रविधिमन्त्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्