गैरआवासीय नेपाली संघको चुनावी माहोल, ४१९२ जनाको मतदाता नामावली सार्वजनिक

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) आगामी अक्टोबर १७ देखि २० सम्म तय भएको विश्व सम्मेलन तथा निर्वाचनका लागि प्रतिनिधिको प्रारम्भिक टुंगो लगाएको छ । एनआरएनएको निर्वाचन समितिले कुल ४१९२ जना मतदाताको सूची प्रकाशित गरेको हो । प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगानाले निर्वाचन प्रयोजनका लागि यो संख्यामा प्रारम्भिक मतदाताको सूची सार्वजनिक गरिएको जानकारी दिए । समितिले निर्धारित निर्वाचन कार्यक्रमअनुसार असोज ७ गते नै मतदातको प्रारम्भिक विवरण सार्वजनिक गर्नुपर्ने भएपनि संघको सचिवालयले नामावली उपलब्ध गराउन ढिला गरेपछि मंगलबार मात्रै विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक मतदाताको सूचीअनुसार कंगोबाट ९, घानाबाट ६, केन्याबाट ७, माडागास्करबाट ३, सेल्सेसबा४ ४ जना प्रतिनिधिको टुंगो लागेको छ । यसैगरी सेल्सेसबाट ५५, तान्जानियाबाट ६, युगाण्डाबाट ६, जाम्बियाबाट १८, क्यानडाबाट १७३, चिलीबाट ७, अमेरिकाबाट २५५, चीनबाट ३३ जनाको सूची निर्वाचन समितिले सार्वजनिक गरेको छ । यसैगरी कम्बोडियाबाट १९, हङकङबाट ७३, जापानबाट २०१, कोरियाबाट १६९, मलेसियाबाट १७०, थाइल्याण्डबाट ३३, अष्ट्रियाबाट ५०, बेल्जियमबाट १५१, साइप्रसबाट २५, चेक रिपब्लिकबाट ७९, डेनमार्कबाट ११३, फ्रान्सबाट ६६, जर्मनीबाट ३७, हंगेरीबाट ५, आयरल्याण्डबाट ८१, इजरायलबाट ४३ जना मतदाताको टुंगो लागेको छ ।
यसैगरी इटालीबाट ५१, कीर्गिस्तानबाट ३७, लक्जम्बर्गबाट २६, माल्टाबाट १५२, नेदरल्याण्डबाट ५१, नर्वेबाट ६०, पोल्याण्डबाट ६३, पोर्चुगलबाट १३८, रसियाबाट १०५, स्पेनबाट ११४, स्वीडेनबाट ३४, स्वीजरल्याण्डबाट १३, टर्कीबाट १०, बेलायतबाट १७९, बहराइनबाट १०५, इराकबाट ९९, कुवेतबाट ११७, ओमानबाट ७८, कतारबाट २०५, साउदी अरेबियाबाट १६३, संयुक्त अरब इमिरेट्सबाट १७१, अस्ट्रेलियाबाट २४८, न्युजील्याण्डबाट ४३ र पपुवान्युगिनीबाट १३ जना मतदाता रहेको ढुंगानाले जानकारी दिए । एनआरएनएमा अमेरिकाज, युरोप, मध्यपूर्व, ओसिनिया, एसिया प्यासिफिक र अफ्रिका क्षेत्र रहेको छ । ती क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी मतदाता चयन गरिएको हो ।
एनआरएनएको कार्यतालिकाअनुसार यही नामबाट असोज १२ गते अन्तिम नामावली प्रकाशित हुनेछ । यसपटक उम्मेदवारी मनोनयन विद्युतीय माध्यमबाट नै पेश गर्न सकिने व्यवस्था समेत गरिएको छ । विगतमा काठमाडौँमै भेला भएर उम्मेदवारी दिने प्रचलन रहेको थियो । विद्युतीय माध्यमबाट मनोनयन पेश गर्नेको हकमा प्रस्तावक र समर्थकसहित अनिवार्यरुपमा उपस्थित भइ सनाखत गराउनुपर्नेछ । भौतिक र विद्युतीय माध्यमबाट मनोनयन दर्ता दर्ता र सनाखतका लागि असोज २५ देखि २९ गतेसम्मको समय दिइएको छ । भौतिक उपस्थितिमा मनोनयन दर्ता गराउनेलाई संघको कार्यालय बालुवाटारमा व्यवस्था मिलाइएको छ । मनोनयन दर्तापछि असोज २९ गते उम्मेदवारको पहिलो नामावली प्रकाशित गरिनेछ । सोही दिन उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोधको समय दिइएको छ भने त्यसपछि असोज ३० मा मनोनयनपत्रको जाँचबुझ र उजुरीउपर निर्णय हुनेछ ।
त्यसपछि असोज ३० मै उम्मेदवारको दोस्रो नामावली प्रकाशित गरिनेछ भने सोही दिन मनोनयनपत्र फिर्ताको समय पनि दिइनेछ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर मतदानको प्रक्रिया सुरु गरिनेछ । जसअनुसार विद्युतीय माध्यमबाट निर्वाचन गराउने कम्पनीलाई नामावली उपलब्ध गराएर त्यसको भोलिपल्ट अर्थात कात्तिक १ गते डेमो निर्वाचन पनि गराइनेछ । त्यसपछि कात्तिक २ मा औपचारिक रुपमा मतदान हुनेछ । भौतिकरुपमा उपस्थित हुनेका लागि होटल सोल्टीमा आवश्यक व्यवस्था मिलाइएको संघले जनाएको छ । मतगणना र घोषणापनि होटल सोल्टीमै हुनेछ ।
संघको उम्मेदवार बन्नका लागि अध्यक्षले ५ लाख रुपैयाँ दस्तुर बुझाउनपर्नेछ ।भने उपाध्यक्षले ३ लाख ५० हजार, महिला उपाध्यक्षले १ लाख ७५ हजार, महासचिवले ३ लाख, उपमहासचिवले २ लाख ७५ हजार, सचिवले २ लाख ५० हजार, महिला सचिवले १ लाख २५ हजार, कोषाध्यक्षले २ लाख ५० हजार, सहकोषाध्यक्षले २ लाख दस्तुर बुझाउनुपर्नेछ । यसैगरी महिला सहकोषाध्यक्षले १ लाख, महिला संयोजकले ८७ हजार ५००, क्षेत्रीय संयोजकले १ लाख ७५ हजार, क्षेत्रीय उपसंयोजकले १ लाख २५ हजार, क्षेत्रीय महिला संयोजकले ६२ हजार ५०० र क्षेत्रीय महिला उपसंयोजकका उम्मेदवारले ५० हजार दस्तुर बुझाउनुपर्नेछ । यस्तै युवा क्षेत्रीय संयोजकले ६२ हजार ५००, क्षेत्रीय युवा उपसंयोजकले ५० हजार र दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजकले पनि ५० हजार रुपैयाँ उम्मेदवारी शुल्कबापत बुझाउनुपर्नेछ । सबै उम्मेदवारले उम्मेदवारी दस्तुर बैंक खातामार्फत बुझाउनुपर्ने पनि प्रमुख निर्वाचन अधिकृत ढुंगानाले बताए ।
निर्वाचनबाट अध्यक्षसहित ७४ जना पदाधिकारी निर्वाचित हुने उनले बताए । उनका अनुसार महाधिवेशनबाट अध्यक्षसहित उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २, सचिव ६, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष ३, महिला सहकोषाध्यक्ष १ महिला संयोजक १ र युवा संयोजक १ जना निर्वाचित हुनेछन् । यसैगरी क्षेत्रीय संयोजक प्रत्येक क्षेत्रबाट १–१ जना गरी ६ जना, क्षेत्रीय उपसंयोजक १२ जना निर्वाचित हुनेछन् । जसमा अफ्रिका क्षेत्रबाट २ र अन्य क्षेत्रबाट ३ जनाका दरले निर्वाचित हुने विधानमा उल्लेख छ । यस्तै क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय युवा संयोजक ६ जना, क्षेत्रीय युवा उपसंयोजक पनि ६ जना निर्वाचित हुनेछ । संयोजक र उपसंयोजक उनीहरु सबै प्रत्येक क्षेत्रबाट १–१ जनागरी ६ जना निर्वाचित हुने भएका हुन् । यसैगरी दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजक १ जना निर्वाचित हुने विधानमा व्यवस्था रहेको छ । एनआरएनएको अध्यक्षका लागि हालसम्म आरके शर्मा र महेश श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् । शर्माले आफ्नो कर्मभूमि कतार र श्रेष्ठले काठमाडौँमै गरेका हुन् । काठमाडौँमा हुने चुनाव नजिकिएसँगै एनआरएनएका नेताहरुको काठमाडौँमा आउजाउ तीव्र बनेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गैरआवासीय नेपाली संघ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्