Techie IT
आईतबार, वैशाख ७,२०८२

दोलखाबाट चार केजी सुनसहित तीनजना पक्राउ


नेपाल प्रहरीले दोलखाको सिङ्गटी बजारबाट चार केजी सुनसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिङ्गटीबाट खटिएको प्रहरी टोलीले उक्त सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।

तिब्बती सीमा लामाबगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ । बिगु गाउँपालिका– १ लामाबगर तर्फको एउटा नाका चीन सरकारले गत साता मात्र खुला गरेको थियो ।

सुन परीक्षणका लागि पठाइएको र पक्राउ परेकाहरूसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545