दीपक खड्काद्वारा जिल्ला सभापतिबाट राजीनामा

काठमाडौं, १० असोज । नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले सभापति पदबाट राजीनामा दिएका छन् । खड्काले पार्टी सभापति शेरबहादुर देउवासमक्ष जिल्ला सभापतिबाट राजीनामा बुझाएका हुन् । उनले आफू निर्वाचित सांसद भएको कारण अधिकांश समय काठमाडौंमा नै बस्नुपर्ने बाध्यता भएकोले जिल्लामा पार्टीको संगठन विस्तारमा समय दिन नसकेको कारण राजीनामा दिएको स्पष्ट पारेका छन् ।
उनले सभापति देउवालाई बुझाएको राजीनामापत्रमा भनिएको छ–‘म हाल प्रतिनिधिसभा सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएको कारण काठमाडौंमा नै धेरै समय बिताउनुपर्ने अवस्था छ । जसकाकारण जिल्लाको पार्टी संगठनलाई चाहेरपनि पर्याप्त समय दिन सकिरहेको छैन भन्ने मलाई अनुभूति भएको छ ।’
उनले पार्टी संगठन सुदृढ गर्न सहज होस भन्ने असल चाहानाले नै आफूले कांग्रेस जिल्ला कार्यसमितिको सभापतिबाट राजीनामा दिने निर्णय गरेको स्पष्ट पारेका छन् । उनले थप भनेका छन्–‘अतः मेरो राजीनामा स्विकृत गरी विधानबमोजिम जिल्लाका अन्य साथीहरुबाट सभापति चयन गरी पार्टी संगठन सुदृढीकरणमा परिचालन गर्नु गराउनुहुन अनुरोध गर्दछु । म जिल्ला सभापति पदमा नरहेतापनि अब बन्ने सभापतिलाई सहयोग गर्दै पार्टीको बफादार सिपाहीको रुपमा निरन्तर पार्टी र जनताको काममा क्रियाशिल रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’
क्याटेगोरी : समाचार
ट्याग : #दीपक खड्का
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्