Techie IT
आईतबार, वैशाख ७,२०८२

सङ्घीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : पूर्णबहादुर खड्का


सुर्खेत । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताउनुभएको छ । उहाँले संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको बताउँदै निजामती कर्मचारी ऐन र संघीय प्रहरी ऐन संसदमा दर्ता गर्ने तयारी सरकार रहेको बताउनुभयो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्न सरकार दृढ भएर लागिपरेको छ,’ बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रधानमन्त्री खड्काले भन्नुभयो, ‘संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको छ, सम्बन्धित मन्त्रालयले निजामती र प्रहरी ऐन तयारी गरेर संसदमा दर्ता गर्ने तयारी गरिरहेका छन् ।’ उहाँले संघीय सरकारले कानुन नबनाउँदा सङ्घीयताको अनुभूति नागरिकले प्रत्यक्ष गर्न नसेको बताउँदै वर्तमान सरकार सङ्घीयता कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले सुशासन, विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरेर काम गरिरहेको बताउनुभयो । उहाँले केही दिनभित्रै सुशासन सम्बन्धी कार्यक्रम घोषणा गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण सफल भएको बताउनुभयो । उहाँले बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० सत्ता गठबन्धन दलको सहमतिमै प्रधानमन्त्रीले सहमति जनाएको बताउनुभयो । ‘चीनसँग भएका सहमति र सम्झौताहरू देश हितमा छन्, खड्काले भन्नुभयो, ‘गठबन्धनको सहमतिका यी सबै सहमति प्रधानमन्त्रीले गर्नु भएको हो ।’ उहाँले विकास–निर्माणका सन्दर्भमा देखिएका कानुनी अड्चनहरूलाई हटाउन केही नेपाल ऐन संशोधनको प्रक्रिया अघि बढेको बताउनुभयो । ‘सडकलगायतका पूर्वाधार बनाउन बनको जग्गा उपभोगमा ठूलो समस्या देखिएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसलाई हटाउनका लागि केही नेपाल ऐन संशोधनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएका छौँ ।’

रक्षामन्त्री खड्काले सुर्खेत विमानस्थल विस्तारमा सबैको साथ र सहयोग हुन आवश्यक रहेको बताउनुभयो । प्रभावित क्षेत्रका जनतालाई साथमा लिएर विमानस्थल विस्तार गर्नुपर्ने उहाँको भनाई छ । ‘अहिलेको विमानस्थल बढीमा चार सय मिटर विस्तार गर्न मिल्छ, भविष्यका लागि यो विमानस्थलले भार थेग्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘अहिलेलाई सुर्खेत विमानस्थल विस्तार गर्दै रामघाटमा भविष्यका लागि ठूलो विमानस्थल निर्माण गर्नु आवश्यक छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #hot, #पूर्णबहादुर खड्का


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545