Techie IT
सोमबार, वैशाख ८,२०८२

सामाजिक सुरक्षा ऐनको कार्यान्वयन गर्ने श्रमिक महिला रक्षा संघको माग


श्रम क्षेत्रमा रहेका श्रमिकको जीवनस्तरलाई सुधार्न सामाजिक सुरक्षा ऐनमा व्यवस्था भएकाले अविलम्ब यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।


श्रमिक महिला रक्षा संघद्वारा आयोजित अन्तक्र्रियामा वक्ताले उक्त ऐनले योगदानमा आधारित सामाजिक सुरक्षाका विषयमा स्वरोजगार र अनौपचारिक क्षेत्रलाई समेटेकाले चाँडो लागू गर्न माग गर्नुभएको हो । औपचारिक क्षेत्रमा भने श्रमिकले सामाजिक सुरक्षा प्राप्त गरिरहेका छन् ।


प्रदेशसभा सदस्य भीमसेन खत्रीले कुनै कारणले कामदार असक्त भएमा सम्बन्धित व्यक्ति र आस्रित परिवारलाई सहयोग गर्ने उद्देश्यले सबै दलको समन्वयमा ऐन ल्याइएको बताउँदै सरकारले त्यसलाई छिट्टो कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

अर्का प्रदेशसभा सदस्य बेलीमैया घलेले रोजगारदाताले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनुपर्ने र उनीहरुले श्रमिकलाई पनि सूचिकृत गर्नुपर्ने व्यवस्था ऐनमा भएका कारण श्रमिक लाभान्वित हुने विचार व्यक्त गर्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #श्रमिक महिला रक्षा संघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545