Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपाल प्रहरीका ४ सहायक हवल्दार र १८ जवान सम्पर्कविहीन


काठमाडौं। नेपाल प्रहरीका वहालवाला २२ प्रहरी लामो समयदेखि सम्पर्कविहीन भएका छन्। एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका चार जना सहायक हबल्दारसहित २२ प्रहरीलाई ७ दिनभित्र हाजीर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

कार्यालयले आज ९बुधबार० सूचना जारी गर्दै सम्पर्कविहीन भएका चार प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र कार्यालयमा हाजीर हुन निर्देशन दिएको हो ।

उनीहरुको नाम र कार्यरत ठेगानासहित प्रहरी प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरु कार्यालयको सम्पर्कमा नआएको जनाएको छ ।
सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सातदिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण दिएर कार्यालयमा हाजिर हुन आउन पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिइएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #नेपाल प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545