Techie IT
आईतबार, वैशाख ७,२०८२

एमाले बागमती प्रदेश अधिवेशन : सहमतिको सम्भावना कमजोर बन्दै


काठमाडौं । काठमाडौंमा सोमबारबाट सुरु भएको नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशनमा सहमतिको सम्भावना भने न्यून बन्दै गएको छ ।

हालसम्म अध्यक्षको लागि एमाले केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाशप्रसाद ढुंगेल, एमालेका पूर्व पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ, चितवनका एमाले नेता कृष्णभक्त पोखरेल तथा एमालेका वर्तमान प्रदेश अध्यक्ष केशवप्रसाद पाण्डेको नाम चर्चामा छ ।

उपाध्यक्षको लागि एमाले मकवानपुरका नेता अनन्तप्रसाद पौडेल, चितवनका दावा लामा,दोलखाका ईश्वर चन्द्र पोखरेल,काभ्रेका कुमार खकुरेल लगायतको चर्चा छ । अधिवेशन उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर उम्मेदवारी दर्ता गरे खारेज हुने चेतावनी दिएपछि अहिले प्रत्याशी नेताहरू एकल उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् ।

सहमति हुन नसकेको अवस्थामा विद्युतीय मतदान हुने कार्य तालिका रहेको प्रदेश कमिटीले बताएको छ । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्ने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले बागमती प्रदेश अधिवेशन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545