६ वर्षीया बालिका सहित दुई परिवार गरि ९ जनाको सामुहिक हत्या

पाँचथर, ७ जेठ । पाँचथर जिल्लामा दुई परिवारका ९ जनाको हत्या भएको छ ।
मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको हो । एक बालिका घाइते छिन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले २ परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थल जान लागेको मंगलबार बिहान जानकारी दिए ।
एक समूहले धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हत्या गरेको बयान प्रहरीलाई घाइते बालिकाले बताएकी छिन ।
१ बालिका घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
हत्या कसले किन गरेको खुल्न सकेको छैन । प्रहरी टोली हत्या भएको स्थलतर्फ लागिसकेको छ ।
हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #हत्या
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्