Techie IT
आईतबार, वैशाख ७,२०८२

दाजुको हत्या गरी फरार आरोपित तीन दिनपछि पक्राउ


बझाङ । दाजु नाता पर्नेको हत्या गरी फरार आरोपित घटनाको तीन दिनपछि पक्राउ परेका छन् ।

शुक्रबार साँझ छबिसपाथीभेरा-७ का ६० वर्षीय जैलु मण्डेललाई चक्कु प्रहार गरी फरार रहेका सोही ठाउँका बिजुली मण्डेल पक्राउ परेका हुन् । जैलुको घटनास्थलमै मृत्यु भएको थियो ।

जंगलमा लुकिरहेका उनलाई स्थानीय र प्रहरीले पक्राउ गरेका हुन् । जंगलमा स्थानीय र प्रहरीको घेराबाट फुत्केर नजिकैको गाउँस्थित लक्षिमन मण्डेलको घरमा पुगेका बेला सोमबार बिहान साढे ६ बजे उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी भरत शाहले जानकारी दिए ।

शुक्रबार साँझ साढे ७ बजे हत्या गरी फरार भएका उनलाई खोज्न प्रहरी र स्थानीय सोही दिनदेखि सक्रिय रहेको भए पनि भेटाउन सकेका थिएनन् ।

सोमबार बिहान बिजुलीले आफ्नो छोरालाई फोन गरेपछि उनी लुकेको ठाउँमा घेरा हालिएको थियो । उनलाई अहिले सदरमुकाम ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545