Techie IT
आईतबार, वैशाख ७,२०८२

शिक्षकका मागहरू प्रति सधैँ सकारात्मक छु : कार्यवाहक प्रधानमन्त्री


काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ । केन्द्रीय कार्य समितिको बैठक शुरु भएको आज चौथो दिन हो ।

आजको बैठकमा पनि समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचना लगायत विषयमा नेताहरूले आफ्नो धारणा राख्नेक्रम जारी छ

बैठकमा कार्यवाहक प्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शिक्षा विधेयकका सम्बन्धमा शिक्षक महासङ्घसँग भएको सहमतिबारे जानकारी गराउनुभयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले संवैधानिक व्यवस्था र मुलुकको आर्थिक अवस्था अनुकूल शिक्षकका माग पुरा गर्न सकिने भन्ने आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर भ्रम सिर्जना गरिएको बताउनुभयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकका मागहरू प्रति आफु सधैँ सकारात्मक रहेको भन्दै राहत शिक्षक र शिक्षकको पेन्सन लगायतका विषयमा सम्भव भए सम्मका माग सम्बोधन गर्न तयार रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले शिक्षक महासङ्घसँग भएको सहमति ,राहत शिक्षक र पेन्सन लगायतका विषयमा अर्थ मन्त्रालय र सरोकारवाला निकायको राय सुझाबका आधारमा विधेयकमा आवश्यक संशोधन गर्न सकिने पनि बताउनुभयो ।

बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पूर्णबहादुर खड्का


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545