Techie IT
शनिबार, वैशाख ६,२०८२

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित


काठमाडौं, ७ असोज । नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण सुनुवाइ स्थगित भएको हो ।

यसअघि गत असोज १ गते न्यायाधीश अभावका कारण सुनवाइ स्थगित भएको थियो ।

जिल्ला अदालतका केही न्यायाधीश सरुवा भएर अन्यत्त्र गएको र अन्यत्त्रबाट काठमाडौं सरूवा भएका न्यायाधीशहरू अझै काममा नआइसकेकाले कतिपय मुद्दाहरूको सुनुवाइ स्थगित भएको अदालतले जनाएको छ ।

सर्वोच्च अदालतले लामिछानेविरूद्धको बलात्कार मुद्दालाई प्राथमिकता दिएर यथाशिघ्र टुंगो लगाउन भनेपनि काठमाडौं अदालतले मुद्दालाई चाँडो टुंगो लगाउने गरी अघि बढाउन सकेको छैन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545