शिक्षा विधेयकमा छलफल गर्न काँग्रेसले डाक्यो संसदीय दलको बैठक

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको दोस्रो दिनको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ ।
बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचना लगायत विषयमा छलफल भइरहेको छ । बैठकमा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले चालु संसद्मा भएका गतिविधि र पार्टीले खेलेको भूमिकाबारे जानकारी गराउनुभयो ।
प्रमुख सचेतक लेखकले प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयकबारे छलफल गर्न असोज ८ र ९ गते संसदीय दलको बैठक बोलाइएको पनि बताउनुभयो ।
यस्तै काँग्रेसले असोज ११ गते विद्युत् सम्बन्धी विधेयकका सम्बन्धमा छलफल गर्न पनि संसदीय समितिको बैठक डाकेको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो ।
कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरमा स्थित सङ्घीय संसद् भवनको लोत्से हलमा बस्नेछ । बैठकमा शिक्षा विधेयक लक्षित शिक्षकहरूको आन्दोलनको विषयले प्राथमिकता पाएको छ ।
बैठकमा बोल्ने नेताहरूले शिक्षकका जायज मागहरू पुरा गर्न काँग्रेसले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा नेताहरूले जनताहरूमा नैराश्यता बढेको भन्दै जनताको अपेक्षा बमोजिम सेवा प्रवाह र सुशासन कायम गर्ने तर्फ पार्टी लाग्नुपर्ने धारणा राख्नुभयो ।
बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्