शिक्षकसँगको छलफल आज निष्कर्षमा पुग्छ : कानूनमन्त्री गुरुङ

काठमाडौं । सरकारले आन्दोलित शिक्षकहरुको माग पूरा गर्नेगरी छलफल सुरु गर्ने बताएको छ ।
शुक्रबार बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गर्नुभएको हो ।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानून,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आज बस्ने तेस्रो चरणको वार्तापछि समस्या समाधान हुने बताउनुभयो । उहाँले आज छलफल निस्कर्षमा पुग्ने बताउनुभयो ।
मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता जारी छ । यसअघि बिहीबार पनि २ पटक वार्ता भएपनि कुनै निष्कर्ष निस्किन सकेको थिएन । शिक्षकहरू बुधबार यता आन्दोलनमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #धनराज गुरुङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्