Techie IT
मंगलबार, वैशाख ९,२०८२

दुई क्विन्टल गाँजासहित दुई जना पक्राउ


महोत्तरी । महोत्तरीको जलेश्वरबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित बिहीबार दुई युवकलाई पक्राउ गर्नुभएको छ ।

पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका ७ बस्ने २३ वर्षीय जिवन तामाङ र महोत्तरीको जलेश्वर नगरपालिका ७ बस्ने २५ वर्षीय सुरेन्द्र दास रहेको महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो ।

जलेश्वर १ स्थित महादेव मन्दिर नजिक बा प्र ०१–०२६ च ४९२१ नम्बरको पिकप गाडिलाई शङ्काको आधारमा चेकजाँच गर्दा गाडीभित्र लुकाई छिपाई राखेको लागूऔषध गाँजा १४ पोकामा अन्दाजी २१० किलो बरामद भएको प्रहरी नायव उपरीक्षक गिरीले जनाउनु भयो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिनुभएको हो।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लागूऔषध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545