हामी विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई पठनपाठनमा फर्किन आग्रह गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै महामन्त्री थापाले शिक्षकहरुलाई विद्यालय बन्द नगर्न आग्रह गरेका हुन् । उनले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको उल्लेख गर्दै यसलाई आफूहरुले सच्याउने जनाएका छन् । उनले भनेका छन्, ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ ।’
उनले संसदमा दर्ता भइसकेको उक्त विधेयकमा भएको कमीकमजोरीहरु केलाएर सुधार गर्ने कर्तव्य र जिम्मेवारी विधायिकाको रहेको उल्लेख गर्दै सबै पक्षसँग घनिभूत छलफल र संवादमार्फत जायज माग सम्बोधनका लागि प्रतिबद्ध रहेको जनाएका छन् ।
‘विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ,’ उनले भनेका छन्, ‘आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौँ ।’
महामन्त्री थापाले विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक महासंघलगायत सबैलाई आग्रह गरेका छन् । साथै सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न पनि शिक्षकहरुलाई उनले आह्वान गरेका छन् । ‘विधेयकमा आएका शिक्षकसँग जोडिएका अन्यायपूर्ण प्रावधानहरुले हामीलाई छोएको छ र छुनुपर्ने सबै पक्षलाई पनि छाएको हुनुपर्छ । यसका लागि संसदमा हामी संघर्ष गर्नेछौँ,’ उनले भनेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गगन थापा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्