Techie IT
शनिबार, वैशाख ६,२०८२

सभापति देउवालाई कार्यशैली सच्याउन नेता कोइरालाको चेतावनी


काठमाडौं, ३ असोज । पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन कांग्रेस नेता डा शेखर कोइरालाले चेतावनी दिएका छन् ।

मंगलबार आफूपक्षीय नेताहरुको भेला गरेका शेखरले बुधबार धुम्बाराहीस्थित देउवा निवास पुगेर सभापति देउवालाई कार्यशैली सच्याउन चेतावनी दिएका हुन् ।

उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई साथमा लिएर धुम्बाराही पुगेका शेखरले आजैबाट कोर्स करेक्सन नगरे आफूहरु आफ्नै तरिकाले अघि बढ्ने चेतावनी दिएका हुन् ।
जवाफमा सभापति देउवाले सबैलाई मिलाएर अघि बढ्ने बताएका छन् ।

सभापतिका निर्णय प्रक्रिया, सरकारको प्रभावकारिता, संसदीय समितिको सभापति चयनलगायतका विषयमा शेखर–गगन समूहको असन्तुष्टि देखिँदै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #शेखर कोइराला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545