एनआरएनए महिला संयोजकमा चर्चित गायिका देविका केसीद्धारा क्यानडाबाट उम्मेदवारी
![](https://www.sajhapana.com/wp-content/uploads/2023/09/378104787_309961931685357_5973339474809837878_n.jpg)
क्यानडा,गैर आवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवर महिनामा हुने महाधिवेशनमा चर्चित लोक गायिका देविका केसीले महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकि छन । एनआरएनए एनसिसी कतारको उपाध्यक्षपछि हाल क्यानडालाई कर्मथलो बनाएकी केसीले प्रवासमा लोक सङ्गितको माध्यमबाट नेपाली कला संस्कृति प्रवर्दनमा महत्वपूर्ण भूमिका खेल्दै आएकी छन ।
एनआरएनएले संचालन गरेका विभिन्न परियोजनाहरुमा सक्रिय सहभागि भएर काम गरेकी केसी नेपाली समुदायले गर्ने हरेक जसो कार्यक्रममा मनोरन्जन दिन पुग्ने गरेकी छन । विदेशमा बस्ने नेपाली महिला दिदीबहिनीहरुलाई जागृत गर्दै आएकी केसी डायस्पोरामा गायिका संगै सामाजिक अभियन्ताका रुपमा चर्चा कमाएकी महिला अभियन्ता हुन । उनले नेपाल र विश्वमा रहेका र समस्यामा परेका कलाकर्मीहरुलाई सहयोग जुटाउने अभियान चलाउने, महिला, बालबालिका, असक्त बिरामीहरुलाई सहयोग गर्दै आएकि छन ।
गैर आवासीय नेपाली संघ कतारको महिला उपाध्यक्ष र आइसिसी सदस्य हुँदै यस अभियानमा निरन्तर सक्रिय केसी हाल क्यानडाको नेपाली समुदायमा सामाजिक कार्यमा सक्रिय रहेकी छन । केसीले आगामी महाधिवेसनमा एनआरएनए अभियन्ताहरु र प्रतिनिधिहरुको सुझावअनुसार संघभित्र महिला नेतृत्वलाई सशक्त बनाउने उदेश्यले अन्तराष्ट्रिय महिला संयोजकमा उम्मेदवारी दिएको बताइन ।
लामो समयबाट विदेशमा रहेका महिला दिदीबहिनीहरुका सुख दुःख को साक्षी र एनआरएन अभियानलाई नजिकबाट बुझेकोले महिला संयोजकमा आफु उपयुक्त व्यक्ती भएकोले उम्मेदवारी दिएको बताऊछिन । विश्वका विभिन्न देशमा सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरु र अन्य एनआरएन अभियन्ताहरुको सल्लाह सुझाव अनुसार आफुले उम्मेद्बारी घोषणा गरेकोले महिला संयोजक पदमा आफुलाई समर्थन गर्न सबै एनआरएनए अभियन्ताहरुलाई अनुरोध गरेकी छन । केसीले अहिलेसम्मको माहोल हेर्दा आफ्नो विजय निश्चित भएको दाबी गर्छिन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एनआरएनए, #देविका केसी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्