Techie IT
सोमबार, वैशाख ८,२०८२

पदम विश्वकर्माको पहिलो कथा संग्रह तमसुक लोकार्पण


करिब दुई दशक देखी अमेरिकामा रहदै नेपाली साहित्यलाई विश्वभर फैलाउने अभियानमा सकृय रहदै आएका साहित्यकार पदम विश्वकर्माको पहिलो कथासंग्रह तमसुकको लोकार्पण गरिएको छ ।

प्र ज्ञा भवनमा आयोजित उक्त लोकार्पण कार्यक्रममाझ साहित्यकार माया ठकुरी, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली लगायतले तमसुकको लोकार्पण गरे । लोकार्पण कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, प्रा. डा. सुरेन्द्र केसी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै बरिस्ठ साहित्यकार माया ठकुरीले साहित्यकार पदम विश्वकर्माको कृतिले समाजमा रहेको दोयद चरित्रलाई उजागर गर्नु निकै सुन्दर पक्ष रहेको बताईन् । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले विगतमा अनेसासको दुई कार्यकाल सफल नेत्रीत्व समालिसकेका साहित्यकार पदम विश्वकर्माको कृतित्व र ब्यक्तित्व निकै गौरवशाली रहेको चर्चा गरे ।

कथा संग्रहकी समिक्षक ज्ञानु अधिकारीले तमसुकले मानव जीवनको विसम परिस्थितीलाई दर्शाएको बताउदै प्रविधी, पैसा र नशाले मानव जीवनमा पार्ने प्रभावका सन्दर्भमा मिहिन रुपमा प्रस्तुत गरेको बताईन । कथा संग्रहका लेखक पदम विश्वकर्माले आफ्नो लेखन यात्रालाई साथ र हौसला प्रदान गर्ने काम आफ्नो श्रीमती कमला विश्वकर्माको ठुलो देन रहेको बताउदै तमसुक पढदै जादा पात्रको जीवनमा आँफै प्रवेश गरेको आभाश मिल्ने दाबी पेश गरे ।

नेपाल लघुकथा संघका अध्यक्ष श्री ॐ श्रेस्ठ रोदनले कथाकारले प्रवासी नेपालीले विदेशी भूमिमा भोगेका सन्दर्भलाई निकै सिर्जनात्मक रुपमा प्रस्तुत गरेको बताए । त्यस्तै साहित्यकार दामोदर पुडासैनीले अनेसासको सबल नेत्रीत्व गरेका पदम विश्वकर्माद्वारा सिर्जित तमसुक निकै लोभलाग्दो पुस्तकका रुपमा रहेको बताए ।

अनेसासका सल्लाहकार प्रा डा. खगेन्द्र प्रसाद लुईटेलले पदम विश्वकर्मा साहित्यकार भन्दा बढि साहित्यिक संस्थाको सबल नेत्रीत्वकर्ता रहेको उल्लेख गर्दै उनको लेखन शैली प्रसम्शायोग्य रहेको बताए । कार्यक्रममा शिखा बुक्सका संचालक पुष्पराज पौडेलले नेपाली साहित्यिक कृतिलाई अन्तरास्ट्रियकरण गर्न आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबैमा आग्रह गरे ।

उक्त कथा संग्रह तमसुकको लोकार्पण कार्यक्रमको आयोजना शिखा बुक्सको तथा अखिल नेपाल साहित्य समाज- अनेसासले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमको संचालन गीता मैनालीले गरेकी थिईन । शिखा बुक्सको प्रकाशन रहेको तमसुक ज्ञानज्योति बुक्स पब्लिकेसनले वितरण गर्दै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पदम विश्वकर्मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545