Techie IT
शनिबार, वैशाख ६,२०८२

मौसम: आज हल्कादेखि मध्यम वर्षाको सम्भावना


काठमाडौं । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतस् सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा राजस्थानको दक्षिण पूर्वी भू-भाग र मध्य प्रदेशको पश्चिमी भू(भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान र देशका बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू(भागको थोरै स्थान र बाँकी भूभागको एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

भोलि ९मंगलबार० कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । राति कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू(भागको थोरै स्थान र बाँकी भू(भागको एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी र गण्डकी प्रदेशका केही स्थान, देशका बाँकी पहाडी भू-भागको थोरै स्थान र बाँकी भू(भागको एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मौसम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545