अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० जना पक्राउ

काठमाडौँ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा र खैरो हेरोइनसहित १० जनालाई पक्राउ परेका जानकारी दिएको छ ।
उनीहरूमाथि लागू औषध ९नियन्त्रण० ऐन, २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीको भनाइ छ । पक्राउ परेकाहरूलाई आज सार्वजनिक गर्दै प्रहरी उपरीक्षक जोशीले पार्सलमा गाँजा पत्ता लागेपछि उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो ।
प्रहरीका अनुसार अमेरिकाबाट हुलाकमार्फत डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएकोमा एउटा कार्टुन शङ्का लागि जाँच गर्दा नौ सय ग्राम गाँजा बरामद गरिएको हो । उक्त कार्टुन पार्सल लिन आउने व्यक्ति खोज्न ‘कन्ट्रोल डेलिभरी’ गर्दा वीरगञ्जका डल्लुराम र सोही ठाउँका हविव मियालाई पक्राउ गरिएको थियो ।
अमेरिकाबाट डिल्लीबजार हुलाकमार्फत जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुने गरी पठाइएको अर्को कार्टुन जाँच गर्दा एक किलो चार सय ग्राम गाँजा फेला परेको ब्युरोले जनाएको छ । सोही क्रममा गाँजा लिन आउने भारतीय नागरिक २४ वर्षे अजिन भर्गेसलाई हुलाक कार्यालयबाटै पक्राउ गरिएको थियो । उनको डेराबाट थप सात सय २० ग्राम गाँजा बरामद गरिएको छ ।
हुलाकमार्फत आएको गाँजा लिन आउने डडेलधुराकी रेनुका तामाङलाई पनि पक्राउ गरिएको छ । उनको बयानका आधारमा गाँजा लिन पठाउने भारतीय नागरिक अरुण कुमार र मोहमद नईमलाई पनि पक्राउ गरिएको हो । उनीहरूको साथबाट नौ सय ३९ ग्राम ग्राजा बरामद गरिएको छ ।
ब्युरोले खैरो हेरोइनसहित कञ्चनपुरका हिक्मत हमाल, दाङका सञ्जय नेपाली, मोरङका विनोद भट्टराई र झापा बस्ने भारतीय नागरिक लाल मियालाई पनि पक्राउ गरेको जानकारी दिएको छ । उनीहरूको साथबाट दुई सय ६८ ग्रामभन्दा बढी खैरो हेरोइन बरामद भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्