Techie IT
शुक्रबार, चैत्र २८,२०८१

साउदी लिग: अल नासरको लगातार चौथो जित


रियाद । साउदी अरबको प्रो लिग फुटबलमा अल नासरले लगातार चौथो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा नासरले १० खेलाडीमा सीमित अल रिडलाई ३-१ ले स्पब्ध पारेको हो ।

रिडको घरेलु मैदान किगं अब्दुल्लाह स्पोर्ट्स सिटीमा नासरलाई जित दिलाउन साडियो माने, टालिस्का र कप्तान क्रिस्टियानो रोनाल्डोले १–१ गोल गरे ।

अल नासरका लागि पहिलो हाफको इन्जुरी समयमा साडियो मानेले गोल गर्दै डेडलक तोडे । त्यसको एक मिनेटपछि डिफेन्डर ब्यान्डर वायसीलाई रातो कार्ड देखाइएपछि रिड १० खेलाडीमा सीमित भएको थियो । वायसीले मानेलाई फल गरेका थिए ।

४९ औं मिनेटमा ब्राजिलियन स्टार टालिस्काले गोल गर्दा नासरले अग्रता दोब्बर बनायो । सुरुवाती दुवै गोलमा घनामले असिस्ट प्रदान गरेका थिए । ७८ औं मिनेटमा टालिस्काको पासमा रोनाल्डोले तेस्रो गोल गरे । रिडका लागि ८९ औं मिनेटमा मोहमद फोउजायरले पेनाल्टीमार्फत् सान्त्वना गोल फर्काए ।

नयाँ सिजनका सुरुवाती दुई खेल गुमाएको नासरले त्यसपछिका सबै चार खेलमा जित हासिल गरेको छ । नासर ६ खेलबाट १२ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।


क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #hot, #अल नासर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:40 am6:28 pm +0545