पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

काठमाडौं, २९ भदौ । श्रीलंका एसिया कप २०२३ को फाइनलमा पुगेको छ । गएराति एसिया कपको सुपर फोर अन्तर्गत श्रीलंकाले पाकिस्तानलाई २ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
पाकिस्तानले दिएको २५२ रनको लक्ष्य पछाएको खेलमा श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
वर्षाले प्रभावित हुँदा ४२(४२ ओभर खेलाइएको खेलमा डक वर्थ लुइस नियम अनुसार श्रीलंकालाई ४२ ओभरमा २५२ रनको लक्ष्य दिइएको थियो ।
श्रीलंकाका लागि चारिथ असलंकाले अन्तिम २ बलमा जितका लागि ६ रन आवश्यक भएको बेला चौका र २ रन लिएर श्रीलंकालाई जित दिलाउँदै फाइनलमा पुर्याएका थिए । उनले अविजित ४९ रन बनाएका थिए ।
जितसँगै श्रीलंका फाइनलमा पुगेको छ । एसिया कपको फाइनल खेल आइतबार हुनेछ । उपाधिका लागि श्रीलंकाले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #hot, #एसिया कप
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्