Techie IT
बुधबार, माघ २३,२०८१

एनआरएनए महिला सचिवमा पुन: राधिका गुरुङ( टीका) को उम्मेदवारी


हङकङ,गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला सचिवमा राधिका गुरुङ (टिका) ले पुन उम्मेदवारी दिने घोषणा गरेकी छन । गैरआवासीय नेपाली संघको वर्तमान महिला सचिव समेत रहेकी गुरुङले संघको ११ औं महाधिवेसनमा पुनः सचिव पदमा उम्मेदवारी दिएकी हुन । विगत २७ वर्षदेखि हङकङमा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय रहेकी गुरुङ एनआरएनएमा महिला अभियन्ताका रुपमा चिनिन्छिन । संघको केही पदाधिकारीहरुले आआफ्नो पदमा उम्मेदवारी दिने तयारी गरे पछि गुरुङले पनि आफ्नो पदमा उम्मेदवारी दिएकी हुन । संघको १० औं महाधिवेसनमा निर्वाचन नगरेर सर्वसम्मतिमा घोषणा गरिएको थियो ।

गुरुङ हङकङमा मात्र नभइ विश्वभरका नेपालीहरुमाझ चिर परिचित महिला अभियन्ताको रुपमा चिनिन्छिन । एनआरएनए हङकङको सदस्य, महिला संयोजक,कोषाध्यक्ष, उपाध्यक्ष र निरन्तर दुई कार्यकाल अध्यक्ष र गाल महिला सचिवको जिम्मेवारी सफलतापूर्वक पूरा गरेकी गुरुङ संघभित्र निकै सकृय पदाधिकारी भित्रमा पर्छिन । प्राय एनआरएनएका सबै गतिविधी र मिटिङ्गमा उपस्थित गुरुङ हङकङ सरकारबाट पनि सम्मानित भइसकेकी छन । गुरुङले सामाजिक कार्यमा र्पुयाएको योगदानको कदर स्वदेश तथा विदेशमा प्राप्त गरेकी छन । एनआरएनए हङकङको नेतृत्वमा रहँदा गुरुङले सन २०१८ मा पहिलो पटक हङकङमा एसिया प्यासिफिक रिजनल मिटिङ गराएर नेपालका प्रतिनिधिसहित ३५ वटा राष्ट्रका एनआरएनए प्रतिनिधि, एनआरएनए अभियन्ता, अग्रजहरुको उपस्थितिमा ऐतिहासिक सम्मेलन गर्न सफल भएकी थिइन । दोस्रो कार्यकालमा कोरोना महामारीमा उनको नेतृत्वमा भएको सहयोग अतुलनीय रहेको थियो । १७ लाख १९ हजार माक्स र १३० वटा अक्सिजन मेसिनसहित लगभग ४ करोड रुपैयाँको डोनेशन उठाएर उनले नेपाल पठाइएकी थिईन । गैरआवासीय नेपाली संघको निर्वाचन अक्टोवरको तेस्रो साता काठमाण्डौंमा हुदैछ ।

एनआरएनएको आगामी नेतृत्वका लागि आरके शर्मा,महेश श्रेष्ठ,बद्री केसी, रविना थापा र विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन । हालसम्म उपाध्यक्षमा खगेन्द्र न्यौपाने, राज रेग्मी,हेमराज शर्मा रोविन्दप्रसाद श्रेष्ठ, नारायण आचार्य, केशव पौडेल, सुनील शाह, गणेश केसी,रामशरण सिम्खडा,रोविन शेरचन,हिमाल गुरुङलगाएतले उम्मेदवारी सार्वजनिक गरेका छन । युवा उपाध्यक्षमा अब्दुल बासिद र रोशन थापाले उम्मेदवारी दिएका छन भने महिला उपाध्यक्षमा यास्मीन बेगम सैयदले उम्मेदवारी दिएकी छन । यस्तै महासचिवमा गौरीराज जोशी, बुद्धिसागर सुवेदी, गंगाधर गौतम र पारसमणि पोखरेलले उम्मेदवारी घोषणा गरेका छन भने उपमहासचिवमा प्रविन गुरुङ, सोम सापकोटा र प्रमोद सिटौलाले उम्मेदवारी दिएका छन । सचिवमा लोक दाहाल, मनोज गोर्खाली,टंक गैरे,ज्ञानेन्द्र रेग्मी, आरसी पोखरेल,स्वतन्त्र बिक्रम शाह,कृष्णजिवी पन्त र महिला सचिवमा टिका गुरुङ र रोजिना प्रधान राईले उम्मेदवारी घोषणा गरेका छन । कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना र सुदन थापा,सहकोषाध्यक्षमा अभिमन्यु बस्नेत,तिलक गैरे,ददीवाल खड्काले उम्मेदवारी घोषणा गरिसकेका छन । अन्य पदहरुमा पनि उम्मेदवारी आउने क्रम जारी रहेको छ । यसपटकदेखी संघको नेतृत्वका लागि प्रत्यक्ष र अनलाइनमार्फत मतदान हुंदैछ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एनआरएनए


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Fair
6:46 am5:48 pm +0545